Nepal's First Video FM

काम गर्न नदिएको एउटा प्रमाण दिन केपी ओलीलाई प्रचण्डको चुनौती

8

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई काम गर्न नदिएको एउटा प्रमाण दिन चुनौती दिएका छन् ।

बुधबार नेकपा प्रचण्ड–नेपाल समूह काठमाडौं कमिटीले गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई यस्तो चुनौती दिएका हुन् ।

‘केपी ओलीले हामीले काम गर्न नदिएको आरोप लगाउनु भएको छ ।केपीजी एउटा प्रमाण दिनुहोस्’, प्रचण्डले भने, ‘काम गर्न दिएनन् भनेर एउटा प्रमाण दिन चुनौती दिन्छु ।’

ओलीको कदमले देश र संविधान बर्बाद भएको उनको भनाइ छ । संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्दासमेत ओली हाँसेर बसेको आरोप उनले लगाए । उनले प्रतिनिधिसभा विघटन गरेपछि ओलीले अगाडि सारेका कार्यक्रमलाई ताण्डव नृत्यको संज्ञा दिएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.