Nepal's First Video FM

कोचबाट हटाइयो आस्था राउतलाई , द भ्वाइस अफ नेपाल सिजन ३’ को घोषणा

8

काठमाडौं, धेरै हल्लाखल्लाका साथ सुरु भएको ‘द भ्वाइस अफ नेपाल’ले खुब चर्चा कमायो। हिमालयन टेलिभिजनबाट प्रसारित ‘रियालिटी शो’ले धेरै प्रतिभालाई अवसर पनि दियो ।

‘सिजन ‘१’ र ‘२’ सक्कीसक्यो l सिजन ३ को पनि केही समय देखी नै गाइँगुइँ हल्ला चलिराथ्यो । हल्ला चल्दाचल्दै आयोजकहरूले आज काठ्माण्डौको रेडीसन होटेलमा पत्रकार सम्मेलन गर्दै ‘सिजन ३’ को पनि घोषणा गरेका छन् । ओप्पो प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल ‘सिजन ३’ को अडिसन देश देखी विदेश बाट झन्डै चालिस हजार प्रतिभाहरूले सहभागिता जनाएका छन् ।

अडिसनमा सहभागी प्रतिभाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर रहेको छ । कार्यक्रमको उत्पादनका लागी तीव्र गतिमा काम भइरहेको छ आगामी एक महिना भित्रै ‘सिजन ३’ को प्रसारण हिमालयन टेलिभिजन हुने छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.