भारतीय समाचार च्यानल जी-न्यूजका प्रधान-सम्पादक सुधीर चौधरीले बिनाअनुमति सगरमाथा क्षेत्रमा गएर छायांकन गरेकोबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिम्रिक एयरसँग स्पष्टीकरण सोध्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन आएका चौधरीले अनुमति नै नलिई सगरमाथा क्षेत्रमा गएर छायांकन गरेको भिडिओ रिपोर्ट मंगलबार राति प्रसारण गरेका थिए। उनले सगरमाथा क्षेत्रमा जान सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेका थिए।
‘कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएर छायांकन गर्दा अनुमति लिनुपर्छ, तोकिएको शुल्कसमेत तिर्नुपर्छ,’ विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले अनुसार ‘जी-न्यूजको टिमलाई हामीले त्यस्तो कुनै किसिमको अनुमति दिएका छैनौं।’
जी-न्यूजले सगरमाथा क्षेत्रमा छायांकन गरेको भिडिओ प्रसारण गरेपछि मात्र यसबारे थाहा पाएको उनले बताए।
Comments are closed, but trackbacks and pingbacks are open.