Nepal's First Video FM

काठमाडौंको भद्रकालीमा बस पल्टियो, चालकको अवस्था गम्भीर !

2,295

काठमाडौं , रत्नपार्क–भद्रकाली सडकखण्डमा एक यात्रुबाहक बस दुर्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार सडकमै पल्टिएको हो

बा ३ ख ४४३७ नम्बरको बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । चालकले नियन्त्रण गुमाएर बस दुर्घटना भएको भनिएको छ । व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.