Nepal's First Video FM

भट्टराई वैदेशिक मामिला सल्लाहकार ! पढ्नुहोस्

645

फाल्गुन १८, नेपाल-भारत सम्बन्धको समीक्षा र सुधारको सुझावका लागि गठित प्रवुद्ध समूहका सदस्य डा. राजन भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र तथा सुरक्षा मामिला सल्लाहकारमा नियुक्त हुने अड्कलबाजी सत्ता वृतमा हुन थालेको छ।

डा. भट्टराई विगत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर चारबाट एमालेका उम्मेदवार बनेका थिए। तर, उनी कांग्रेस नेता गगन थापासँग पराजित भएका थिए।

दिल्लीस्थित जेएनयूबाट विद्यावारिधि गरेका भट्टराई यअअघि गैरसरकारी संस्था ‘निप्स’का कार्यकारी प्रमुख र त्यो सँगै प्रधानमन्त्री झलनाथ खनालका परराष्ट्र मामिला सल्लाहकार थिए।

स्रोतका अनुसार उनको नियुक्तिको औपचारिकता अर्को सातासम्म हुनेछ। ललिगुराश.कम

You might also like

Comments are closed.