Nepal's First Video FM

रबि लामिछानेलाई अन्तर्वार्ता नदिने ओलीले भारतीय च्यानललाइ पैसा तिरेर अन्तरबार्ता दिएको खुलासा,सुरेन्द्र केसी जंगिए

421

केपी शर्मा ओलीले भारतीय च्यानल,जी न्यूजलाइ पैसा दिएर अन्तरबार्ता लिन लगाइएको खुलेको छ,डा सुरेन्द्र केसीले उक्त बिषयको खुलासा गएका हुन्।केहि दिन अगाडी उक्त च्यानलका प्रधानसम्पादक सुधीर चौधरी नेतृत्वको टोलीले अबैध रूपमा सगरमाथा राष्टि्रय निकुञ्ज क्षेत्रमा प्रवेश गरेको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्वीकृति नै नलिई जी न्यूजको प्रतिनिधिमण्डल निकुञ्ज क्षेत्रभित्र प्रवेश गरेको पाइएको हो । उक्त घटना पछि ओलीको अन्तरबार्ता पनि बिबादमा आएको हो।

अबैध रुपमा प्रवेश गरेर नेपालको सार्वभौमिकता एवं सर्वाेच्च शिखरको बारेमा विवादास्पद सामग्री तयार पार्ने काममा सहयोग गरेको भन्दै विभागले सिमि्रक एयरविरुद्ध कारबाही प्रकि्रया अघि बढाउने तयारी गरेको हो ।तर सरकारको लाचारीपनकै कारण यो सब भएको डा सुरेन्द्र केसीले एक अन्तरबार्तामा बताएका हुन्।ओलीले आफ्नो बेहिजत गर्ने च्यानललाइ नै अन्तरबार्ता दिएको भन्दै बिरोध समेत गरेका हुन्। हेरौ यो बिशेष भिडियो कुराकानी :

You might also like

Comments are closed.