Nepal's First Video FM

श्वेता खड्काले विवाहको भव्य रिसेप्सन पार्टी दिइन, विशिष्ठ व्यक्तित्वको बाक्लो उपस्थिती

478

काठमाडौं, नायिका श्वेता खड्काले विजयेन्द्र सिंह रावतसँग विवाह गरेको करिब डेढ महिनापछि काठमाडौंमा भव्य रिसेप्सन पार्टी दिएकी छिन् । बिहीवार साँझ काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा भव्य रिसेप्सन पार्टी दिएकी छन् ।

अभिनेत्री श्वेता खड्काले गोकर्ण फरेस्ट रिसोर्टमा धुमधाम सँग विवाह भएको थियो । श्वेता र विजयन्द्रलाई विवाह बन्धनको शुभकामना दिन फिल्मकर्मीदेखि राजनीतिज्ञसम्म पुगेका थिए ।

रिसेप्सन पार्टीमा विभिन्न व्यक्तित्वको उपस्थिती रह्यो । रिसेप्सन पार्टीमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कोमल वली, करिष्मा मानन्धर, रेखा थापा, पूजा शर्मा, किरण केसी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह, दिपक राज गिरी, केदार घिमिरे, पूर्व मिस नेपाल सुगरिका केसी, आँचल शर्मा, एलिजा गौतम, पूर्व मिस नेपाल सुवेच्छा खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगातय थुप्रै कलाकर्मीको उपस्थिती थियो ।

हेर्नुहोस तस्बिर

You might also like

Comments are closed.