Nepal's First Video FM

संसद विघटनविरुद्ध आज कांग्रेसको प्रदर्शन, सहभागी बन्न सभापति देउवाको अपिल !

254

काठमाडौँ, प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदम विरुद्ध आज प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्ध प्रर्दशनमा सहभागी बन्न कांग्रसले अपिल गरेको छ ।

शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ती जारी गर्दे यस्तो अपिल गरेका हुन् । प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शनमा उत्रिएको छ । यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको कांग्रेसले शनिबार माघ ३ गते ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो ।

देउवाले विज्ञेप्ती मार्फत भनेका छन्, ‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ । पार्टीको सबै तहका साथीहरू संगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।

You might also like

Comments are closed.