Nepal's First Video FM

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड १८ लाख नाघ्यो !

247

काठमाडौं , कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड १८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड १८ लाख १६ हजार ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ लाख ९ हजार ८६५ संक्रमित थपिएका छन् । सोही अवधीमा १५ हजार ४०७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ८६ हजार ८७१ पुगेको छ ।

You might also like

Comments are closed.