Nepal's First Video FM

योगेश भट्टराईमाथि ओलीको कटाक्ष : बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो

560

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटाकेटी’को बारेमा आफूले टिप्पणी नगर्ने बरु नयाँ युवा अघि बढाउने बताएका छन् ।

प्रदेश एक सम्पर्क कमिटीले काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराई बैगुनी भएको बताए । प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने उनको भनाइ थियो । ओलीले भने– बैगुनी केटाकेटीबारे केही भन्नु छैन ।

आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ । योगेशले आफूलाई छाडेर हिँडे पनि युवाहरुको कमी नभएको उनले बताए। ‘हामी त्यस्तो कुरामा अल्झिदैँनौँ, उनले भने, एउटा केटोले छाडेर केही हुँदैन। युवाहरुको हामीलाई कुनै कमी छैन,’ उनले भने ।

ओलीले यस्ता कुरामा आफू अल्झिन नचाहेको भन्दै नयाँ युवालाई समेटेर अघि बढ्ने र प्रदेश १ ले चुनावमा पनि एक नम्बर नै बन्नुपर्ने बताए ।

You might also like

Comments are closed.