काठमाडौँ, मान्छेको ईच्छा चाहना पनि गजब गजबको हुने गर्छ,एक युवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ट्याटु आफ्नो पाखुरामा खोपाएका छन् ।
ती युवा धादिङका विक्रमजंग राना हुन् । उनको ट्याटु अहिले सबैतिर सामाजिक सञ्जालमा सेयर भै रहेको छ । रानाको स्थायी घर धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नम्बर ९ हो । उनी आफूलाई नेकपाका एक जना सामान्य कार्यकर्ता भनेर चिनाउन चाहन्छन् । उनले प्रधानमन्त्री ओलीको तस्बीर अंकित ट्याटु खोपाएका हुन् ।
रानाले काठमाडौँको कालीमाटीको एउटा ट्याटु सेन्टरमा गएर प्रधानमन्त्रीको तस्बीरको ट्याटु खोपेको बताए । उनले आफ्नो ट्याटु देखेर धेरैले सकारात्मक प्रतिक्रिया दिएको र अन्य युवाहरु पनि ट्याटु खोप्ने इच्छुक रहेको उनले बताए । तस्वीर, रानाको फेसबुक ।
Comments are closed.