Nepal's First Video FM

विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रको लोडसेडिङ तालिका सार्वजनिक

587

काठमाडौं – नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । शनिबार वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे ।

टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने जुम्ला वितरण केन्द्रले जनाएकाे छ । त्यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

हरेक हप्ता लोडसेडिङको तालिका परिवर्तन हुने पनि जुम्ला वितरण केन्द्रले जानकारी दिएको। सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ । पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जानकारी गराएको छ।

You might also like

Comments are closed.