Nepal's First Video FM

लुम्बिनीले प्रदेश २ लाई ७७ रनले हरायो

15

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले हराएको छ । लुम्बिनीले प्रस्तुत गरेको २५८ रनको लक्ष्य पछ्याउँदै प्रदेश २ एक सय ८० रनमा समेटियो ।

सम्मानजनक योगफल पछ्याउने क्रममा १०५ रनमा मात्र तीन विकेट गुमाएको प्रदेश २ ले थप १९ रन जोडन छ विकेट गुमाएपछि ऊ हार नजिक पुगेको थियो । अन्तिम विकेटका लागि विवेक यादबले दिब्याशुं मल्लिकसँग ५६ रनको साझेदारी गर्नुभयो । यादबले उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन उहाँले गर्नुभएको प्रयास अपर्याप्त हुन गयो । उहाँले मात्र ४९ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५१ रन बनाउनुभयो ।

ओपनर सुधीर चौधरीले ४२ तथा हरिशंकर साहले २२ रन बनाए । मध्यक्रममा महबूब आलमले ३१ बलमा ३१ रन बनाउँदा यादब बाहेक मध्यक्रम र पुछारका अन्य ब्याट्सम्यानले दोहोरा योगफल छुन सकेनन् । प्रदेश २ ले खेल सकिन सात ओभर दुई बल बाँकी छँदै १८० मा सीमित हुन पुग्यो ।
लुम्बिनीका लागि अनिल खरेलले सर्वाधिक चार, बिक्रम भूषाल र दीपेन्द्र रावतले सामान दुई र कृष्ण कार्की, अमित तामाङले एक एक विकेट लिए ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर लुम्बिनिले पहिला ब्याटिंग गर्ने निर्णय गर्यो । ४२ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको लुम्बिनीका लागि सन्दीप रजालीले सौरभ खनालसँग चौथो विकेटका लागि ९५ रनको उत्कृष्ट साझेदारी गर्नुभयो ।

लुम्बिनिको योगफल १३७ रहँदा रजाली कुमार थापाको बलमा क्याच आउट हुनुअघि ११ चौका लगाएर ८३ रन जोड्नुभयो । सौरभ खनालले पाँच चौका र तीन छक्काको सहयोगमा मात्र ६४ बलमा ५६ रनको योगदान दिनुभयो । पुछारमा बिक्रम भूषाले ३६ रनको पारी खेलेर रन आउट हुनुभयो । लुम्बिनिले पूरै ५० ओभर खेलेर नौ विकेटको क्षतिमा २५७ रनको औसत योगफल तयार गर्यो ।

प्रदेश २ का लागि हरिशंकर शाहले दश ओभरमा ४८ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । दिब्यांशु मल्लिकले दश ओभरमा ४५ रन खर्चेर दुई विकेट लिनुभयो । सैफुल्लाह अन्सारी, कुमार थापा र विशाल सुस्लिङले सामान एक एक विकेट बाँडे । महबुब आलमले छ ओभरमा २२ रन खर्चे पनि विकेटविहीन बन्न पुग्नुभयो । लुम्बिनीका रजाली प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.