Nepal's First Video FM

प्रचण्डले केपी ओलीलाई भने- तपाईंलाई भित्तामा पुर्‍याइदिन सक्छु !

422

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो खोक्रो राष्ट्रवादलाई पुष्टि गरेको बताउनु भएकाे छ ।

मंगलबार काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बेधन गर्दै प्रचण्डले ओलीले गरेका गल्तीका कारण आफू माधवकुमार नेपाल लगायत नेताहरूसँग आइपुगेको उनले बताए।’जुन दिन तपाईंले मेरो कुर्सी फेर्नुभयो त्यही दिनदेखि म आठ जनाका माझ पुगें,’ प्रचण्डले भने,‘तपाईंले त्यसो नगरेको भए म त भावुक मान्छे उतिबेलै लुटुपुटु भइहाल्थें। तपाईंको गल्तीको सामेल हुन सक्थें।’

उनले आफू भावुक भए पनि कठोर पनि हुन सक्ने बताए।

‘मैले जनयुद्धको नेतृत्व गरेको हो। कठोर हुन सक्छु। तपाईंले प्रचण्डलाई प्रयोग गरेर माधव नेपाललाई भित्तामा पुर्‍याउँछु भन्ने ठान्नुभएको थियो। गल्ती गर्नु भयो। तपाईंलाई अब म भित्तामा पुर्‍याउन सक्छु,’ प्रचण्डले भने।विगतमा बिदेशी शक्तीको नाम लिएर राष्ट्रवादको नारा लगाएका ओलीले तीनै शक्तिसामु लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरेको अध्यक्ष प्रचण्डले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई कसैलाई केही भन्नु छैन, प्रश्न केपी ओली मै छ, तपाईको खोक्रो र सामन्ती राष्ट्रवाद बाहेक अन्य केही सावित भयो ?।’ यदी ओली राष्ट्रवादी भए पार्टीको विधि र विधान अनुसार चलेर निकास दिन के कसैले नछेक्ने अध्यक्ष प्रचण्डकाे भनाइ थियाे ।

आफूहरु पनि धेरैजना प्रधानमन्त्ती भइसकेको जनाउदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री छोड्दा पार्टी फुटाउनै पर्ने कारण किन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘ माधव जीले प्रधानमन्त्री छोड्दा पार्टी फुटाउनु भएको थियो र ? झलनाथ जीले प्रधानमन्त्री छोड्दा पार्टी फुटाउनु पर्या थियो र ?।

‘प्रतिनिधि सभा विघटनपछि तपाईंको हातमा केही छैन। चिजहरू अन्तै छ,’ उनले भने,‘ मलाई सर्वोच्च र निर्वाचन आयोगप्रति भरोसा छ।’

उनले केपी ओलीका मान्छेहरू नै सूर्य चिन्ह हाम्रो हो र सबैतिर सेटिङ भइसकेकाले संसद विघटन सदर हुन्छ भन्दै हिँडेकाले प्रश्न जन्मिएको बताए।
‘मेरो प्रश्न अदालत र आयोगप्रति होइन केपी गुटलाई हो- यस्तो किन भइरहेको छ?’ उनले भने।

You might also like

Comments are closed.