काठमाडौँ, कोभिडले थला परेको नेपाली चलचित्र अब बिस्तारै सलबलाउन थालेको छ,केहि चलचित्र हरु युटुब मा रिलिज पनि भए, मेगा स्टार अनमोल केसीलाई फिल्मको अफर नै अफर आएको छ, चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकेर बसेका नायक अनमोल केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् ।
अनमोलले आफ्नै होम प्रोडक्शनको चलचित्रको मात्र होइन, बाहिरी ब्यानरका चलचित्रको स्क्रिप्ट पनि पढिरहेका छन् । अनमोलले भने–‘आधा दर्जन चलचित्रको अफर आएको छ । यसमध्ये २ वटा चलचित्रको कथा मन परेको छ ।
उनले भने–‘अर्को बर्ष ३ वटा चलचित्र रिलिज हुन्छ होला । ‘ए मेरो हजुर ४, पारस’ र अर्को एक चलचित्र रिलिज हुने संभावना छ । अनमोलले चलचित्र साइन नगरी मिडियामा सार्वजनिक गर्दा पछि अप्ठ्यारो पर्न सक्ने भएकाले पनि केही समय चलचित्रको नाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।
Comments are closed.