Nepal's First Video FM

चिकित्सकको चमत्कारले ६ महिनामा नै जन्मिएको शिशुले पायो नयाँ जीवन

न्युज २४

373

दाङ, प्राकृतिकरुपमा ९ महिनामा जन्मनु पर्ने शिशु ६ महिनामा नै जन्मिएपछि आइपरेको स्वास्थ्य समस्यालाई चुनौती दिदै मोफसलको एक अस्पतालले शिशुलाई बचाउन सफल भएको छ ।

चिकित्सा क्षेत्रमा फड्को मार्दै गरेको मोफसलका अस्पतालहरुले पाएको यो सफलतालाई चमत्कार नै मानिएको छ । निश्चित समय नै नपुगी जन्मिएको सन्तानले जीवन पाइरहंदा तुलसीपुर उपमहानगरपालिका लुहाडवराकी रेशा रावत अत्यन्तै खुसी छिन् ।

याद गुमाएको आफ्नै शिशुलाइ उनले दुध निचोरेर पाइपवाट खुवाएर बचाउने प्रयासमा छिन् । अन्य रोगको जाँच गराउन घोराहीको गोरखा अस्पतालमा पुग्दा उनलाइ सुत्केरी व्यथाले च्याप्यो ।

सामान्यतया ९ महिनामा जन्मनुपर्ने बच्चा ६ महिनामै सोहि अस्पतालमा जन्मियो । तौल निकै कम थियो । गोरखा अस्पतालले बच्चालाइ तत्काल तुलसी वाल अस्पतालमा लैजान रिफर गर्यो । कारण बच्चाले आमाको दुध चुस्ने कल्ना गर्न पनि सकिने अवस्था थिएन ।

जन्मदा बच्चाको तौल ८ सय ग्राम मात्र थियो । तर तुलसीपुर वाल अस्पतालमा ल्याएपछि बच्चालाइ एनआइसीयुमा राखियो, धेरै एन्टिवायोटिक्स, रगत र अन्य भिटामिन पनि दिइयो । र, अहिले शिशुको विकास आशावादीरुपमा भइरहेको छ ।

शिशु आमाको काखमा बस्न लायक भएको छ भने तौल पनि बढेर साढे दुइ केजी भएको छ । यो शायदै दुर्लभ केश हो । बच्चाका लागि एनआइसीयु नभएको भए यति सानो तौलको बच्चा बाँच्ने कुनै आधार हुने थिएन ।

तर तुलसीपुरमा खुलेका तुलसी वाल अस्पतालले एउटा अद्धितीय काम गरेको अभिभावक सन्तोष केसीले बताए् । अस्पतालका सञ्चालक डा किशोर खत्री आफु पनि विरामी बच्चालाइ कसरी बचाउन सकिन्छ भनेर विभिन्न मेडिकल अभ्यास गरिरहेको बताए । श्रोत news 24

You might also like

Comments are closed.