फागुन २०, इलाम नगरपालिका–४ खरखरेमा आइतबार अपराह्न पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका–५ का २९ वर्षीय चालक टीका मुखियाको मृत्यु भएको छ ।
पुवाखोला छेउ (बेँसी) बाट बिब्ल्याँँटे आउँदै गरेको पिकअप दुर्घटनामा घाइते तामाङलाई इलाम अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मे१ज १६७३ नंको पिकअप मेची राजमार्ग छेउ कच्ची सडकमा दुर्घटनामा परेको थियो । पिकअपमा पाँच जना सवार भए पनि अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।
Comments are closed.