फागुन २०, अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारी नजिक सुवर्णचोकमा गए राति भएको दुर्घटनामा फरार मोटरसाइकल चालकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक नमोबुद्ध बस्ने २६ वर्षीय कुलबहादुर खनाललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।
दुर्घटनामा बा९२प ४६४ नं को मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्र्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको मृत्यु भएको थियो ।
Comments are closed.