Nepal's First Video FM

विराटनगरलाई क्लिन सिटी बनाउने अभियानमा मेयर पराजुली

598

फागुन २०, विराटनगरलाई क्लिन सिटी बनाउने अभियानमा महानगरले युवाहरुसँग जोडिएका ५० भन्दा बढी संघसंस्थाहरुको सहकार्यमा अभियान सुरु गरिएको छ । विराटनगरको ‘बी’ प्लटमा आइतबार एक कार्यक्रमको आयोजना गरेर मेयर भीम पराजुलीले अभियानको शुभारम्भ गरेका थिए ।

औद्योगिक नगरी समेत रहेको विराटनगर फोहरका कारण दुर्गाधित बनेपनि महानगरपालिकाका मेयर पराजुली आफै सडकका फोहर सफा गर्ने अभियानमा जुटेका छन् ।

क्लिन सिटी बनाउने अभियानको पहिलो दिन ठूलो संख्यामा युवा युवतीहरुको सहभागिता नगरका विभिन्न क्षेत्रमा सफाइ गरिएको छ । सफाइको अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने महानगरले जनाएको छ ।

महानगरको अगुवाइमा दाह्री समूह, बिङ नेपाली, युथ नेपाल, नेप्लिज टिन्सको लगायत संस्थाले क्लिन सिटी बनाउने अभियानमा सहकार्य गरेका छन् ।

सडकका पेटी तथा सडकको दायाँवायाँ सरसफाइको क्रममा पान, पराग, गुटखा तथा कागज तथा प्लास्टिकजन्य फोहरहरु वढिमा मात्रामा भेटिएका थिए । महागनरपालिकाका नगरप्रहरीहरु समेतले फोहर उठाउने अभियानमा सहयोग गरेका थिए ।

महानगरका अनुसार नगर क्षेत्रबाट दैनिक ९० देखि १ सय टन फोहर उत्पादन हुँदै आएको छ । जसमा १० प्रतिशत अस्पतालजन्य फोहर हुने गरेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.