Nepal's First Video FM

आउनि भयो अर्को वर्षको दशैंमा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूतको ‘परदेशी २’

576

काठमाडौँ, नारायण रायमाझी निर्देशित मल्टीस्टारर फिल्म ‘परदेशी २’ अर्को वर्ष (२०७८) को दशैंमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । यो फिल्म यस वर्षको दशैंमा नै प्रदर्शनमा आउने तयारीमा थियो ।

लकडाउनभन्दा अगाडि ५० प्रतिशत छायांकन भएको फिल्मको बाँकी छायांकन दशैंपछि गरिएको थियो । पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा छायांकन भएको थियो ।

नारायण इन्टरनेशनलको ब्यानरमा  निर्माणभएको  फिल्म रमेश विजीको कथा रहेको फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतको अभिनय रहेको छ ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ ।

गायक प्रकाश सपुतले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।
You might also like

Comments are closed.