Nepal's First Video FM

प्रधानमन्त्री कप अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेश ६ विकेटले पराजित

320

काठमाडौं –  प्रधानमन्त्री कप अन्तर्गत आज भएको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। शनिबार मुलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो जित निकालेको हो।

लुम्बिनीसँग पराजित भएसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ। सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा सौरभ खनालले अविजित १८ रन जोडे।

प्रकाश केसीले १७ तथा कप्तान कृष्ण कार्कीले १५ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले २ तथा विनोद लामाले एक विकेट लिए। जितसँगै समूह ‘बी’ को लुम्बिनी ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो। सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रन तथा कप्तान सन्तोष भट्टले ११ रन जोडे। बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले ४, निल खरेल र बिक्रम भुसालले २-२ विकेट लिए।

You might also like

Comments are closed.