Nepal's First Video FM

मुख्यमन्त्री शेरधन राई र मोडल शेर्पाको विवाह भोजमा पाँच सय जनालाई निम्तो, काठमाडौंको एलिस रेस्टुरेन्ट भोज!

698

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको विवाह आइतबार अर्थात भोलि  सम्पन्न हुँदैछ । सबै को चासोको बिषय बनेको छ भोज कहाँ होला कस्तो होला को को जालान  भोजमा , कसरी बिबाह होला भन्ने चासो बढी नै छ ।

मुख्यमन्त्री राई बौद्ध निवासी मोडल ज्याङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिन लाग्नुभएको हो । विवाहको अवसरमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा प्रीति भोजको आयोजना गरिदैछ ।

मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह समारोहमा पाँच सय जनाको हाराकारीलाई मात्र निम्तो बाँडिएको बताइएको छ ।
विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी, केही कुटनीतिज्ञ र चुनिएका पत्रकारहरुलाई मात्र निमन्त्रणा गरिएको छ । विवाह समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको छ ।

भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ । उहाँहरुबीच झण्डै दुई दशक बढी उमेर अन्तर रहेको छ

You might also like

Comments are closed.