Nepal's First Video FM

वर्षौंसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालिन्छ : परराष्ट्रमन्त्री मन्त्री ज्ञवाली

299

गुल्मी,  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताउनुभएको छ ।

उहाँले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताउनुभएको बताउनुभयो । नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० रेसुङ्गा नगर कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा गर्दैन, हाम्रो आपत्ति उहाँहरु हिँडेको बाटोप्रति हो तर व्यक्तिप्रति हैन ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता ज्ञवालीले गलत कुरासँग बारम्बार सम्झौता गर्नुभन्दा जनतालाई फैसला गर्न दिनु उत्तम ठानेर प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गरिएको बताउनुभयो । उहाँले यो फैसलाले जनताको सर्वोच्चताको विश्वास पैदा भएको दाबी गर्नुभयो ।

उहाँले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षौंसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालेर हेरिन्छ, भ्रष्टाचारी त्रसित भएका छन् ।’ उहाँले भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई पनि नछाडिने मन्त्री ज्ञवालीले बताउनुभयो ।

सरकारले तोकिएकै समयमा निर्वाचन गराउन गृहकार्य अगाडि बढाएकाले अब गाउँ–गाउँमा जनतालाई आफ्नो पक्षमा पारेर चुनावी अभियान सञ्चालन गर्न ज्ञवालीले कार्यकर्तालाई निर्देशन दिनुभयो । news 24 स्रोत

 

You might also like

Comments are closed.