काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाटै हटाइएको छ ।
आज बसेको स्थायी समिति बैठकले ओलीलाई कारबाही गर्दै निष्काशन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि ओलीलाई स्पष्टिकरण माग्दै बालुवाटारमा पत्र लगिएको थियो । तपाईंलाई किन कारबाही नगर्ने ? भनी विभिन्न अभियोगसहित ५ माघमा ओलीसँग स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण नआएपछि आज बसेको स्थायी समिति बैठकले कारबाही गर्दै निष्काशन गरेको हो ।
नेकपा केन्द्रीय कमिटीले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।
Comments are closed.