फागुन २०, आइसीसी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग खेलिरहेको छ । जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ ।
१४ औं ओभरको तेस्रो बलमा बसन्त रेग्मीले जिम्बाब्वेका सोलोमन मिरेलाई आउट गरेका हुन् । उनी ५२ रन बनाएर आउट भएका हुन् । खेलमा बसन्त रेग्मीले लिएको दोस्रो विकेट हो । सन्दिप रेग्मीले पनि एक विकेट लिएका छन् । विश्वकप छनोटमा जिम्बाब्वेविरुद्ध नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ ।
Comments are closed.