Nepal's First Video FM

चार सय रुपैयाँ बढ्याे सुनकाे भाउ !

271

काठमाण्डाै : आज सुनकाे भाउ ताेलामा चार सय रुपैयाँले बढेकाे छ ।

छापावाला सुनकाे भाउ तोलामा ४०० रुपैयाँले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तोलामा ९१ हजार ९०० रुपैयाँमा सोमबार कारोबार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेकाे छ । 

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । तोलामा एक हजार २६० रुपैयाँमा सोमबार कारोबार भएको चाँदी आज भने एक हजार २५५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

You might also like

Comments are closed.