Nepal's First Video FM

निवर्तमान राष्ट्रपति ट्रम्ममाथिको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा पेश

294

काठमाडौं – अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्ममाथि लागेको महाअभियोग तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले माथिल्लो सदन सिनेटलाई बुझाएको छ ।तल्लो सदनले जनवरी १३ मा ट्रम्ममाथि महाअभियोग लगाउने प्रस्ताव पारित गरेको थियो ।

सभामुख न्यान्सी पेलोसीले नियुक्त गरेको तल्लो सदनका महाअभियोग व्यवस्थापकहरुले सोमबार माथिल्लो सदनलाई ट्रम्ममाथिको महाअभियोग प्रस्ताव बुझाएका हुन् । योसँगै ट्रम्पमाथि दोस्रो पटक लागेको महाअभियोगको सुनुवाई प्रक्रियाका लागि मार्ग प्रसस्त भएको छ ।

जनवरी ६ मा राष्ट्रपतिमा जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त शत्र जारी रहेका बेला नतिजा उल्ट्याउने मनसायसहित ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए ।

एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको सो आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको बिद्रोह रहेको र त्यसका लागि उक्साएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।

You might also like

Comments are closed.