काठमाडौं – ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन्।
काठमाडौंको नयाँ बसपार्कमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने रामेछापको खिम्ती गाउँपालिकाका टेकबहादुर थापामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नियम विपरीत सामान लोड गरी ल्याएको पाइएपछि बा २ ख ८०६५ नम्बरको ट्रक चालक थापामगरलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न खोज्दा उनले घुस दिन खोजेका हुन्।
Comments are closed.