Nepal's First Video FM

भारतीय अभिनेत्री जयश्री झुण्डिएको अवस्थामा भेटियो

855

एजेन्सी – भारत कन्नडकी ३० वर्षीया अभिनेत्री जयश्री रमैयाको शंकास्पद अवस्थामा शव भेटिएको छ। बैंगलुरुस्थित आफ्नै निवासमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो। जयश्रीले आत्महत्या गरेको अनुमान गरिएको छ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। गतवर्ष जुलाइमा जयश्रीले आत्महत्या गर्ने कोसिस गरेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत आफू डिप्रेसनमा भएको र संसार छोड्ने फैसला गरेको लेखेकी थिइन्।

त्यतिबेला उनलाई अभिनेता किच्चा सुदीपले बचाएका थिए। त्यसपछि जयश्रीले उक्त पोस्टका लागि माफी माग्दै हटाएकी थिइन्। जयश्रीले आफ्ना केही साथीलाई पारिवारिक कारणले तनावमा रहेको बताएकी थिइन्।

You might also like

Comments are closed.