फागुन २०, फेसबुक र अन्य सामाजिक सञ्जालमार्फत विभिन्न किसिमको प्रलोभन देखाउँदै ठगी गर्ने विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नाइजेरियन नागरिक ३० वर्षीय मार्सेलस चिजोङजी छन् । उनलाई काठमाडौं–२६ बाट नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको सीअार्इबीका प्रमुख पुष्कर कार्कीले बताए ।
उनले विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालमार्फत साथी बनाएर हिराको हार, आईफोन लगायत पठाएको भन्दै ठगी गर्ने गरेको र पार्सल लिन दिल्ली एयरपोर्टमा ट्याक्स क्लीयरेन्स नभएर अड्किएको र त्यसलाई क्लीयर गर्न भन्दै उनले रकम माग्ने गरेका थिए ।
Comments are closed.