Nepal's First Video FM

बच्चा बोकेर रिक्सा चलाएर सामाजिक संजालमा भाइरल भएका अर्जुन पक्राउ !

1,421

काठमाडौँ, केहि महिना आगाडी दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भएका अर्जुन विक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ परेका छन् ।

१३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइल गएको भन्दै झुटो खबर बताएर सामाजिक सञ्जाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विकलाई गत बिहीबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

विकविरुद्ध गत भदौ ११ गते कैलाली अदालतमा अभियोगपत्र दर्ता भएको थियो ।

You might also like

Comments are closed.