काठमाडौं, नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । तर, प्रधानमन्त्रीले भने खोप लगाउने छैनन् ।
खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइनेछ । केही दिनअघि भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा चार लाख ३० हजारलाई खोप लगाइने छभने पछि पुनः खोप आएपछि समुदायस्तरमा लगाइने छ ।
नेपालले भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन खोप लगाउन लागेको हो । उक्त खोप भारतमा आपत्कालीन प्रयोगका लागि स्वीकृत भई खोप लगाउन थालिएको छ । नेपालमा पनि आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागबाट स्वीकृति भएर लगाउन सुरु गरिँदैछ । स्रोत रिपोटर्स नेपाल
Comments are closed.