Nepal's First Video FM

यूरोपमा शीत लहर, मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

941

फाल्गुन २०, यूरोपमा पछिल्लो हप्ता देखिएको शीत लहरको प्रभावका कारण मृत्यु हुनेको सङ्ख्या फेब्रुवरी २६ देखि आइतबारसम्म १८ पुगेको छ ।

यूरोपका विभिन्न मुलुकबाट प्राप्त जानकारी अनुसार शनिबार पहिले चिसोका कारण १५ जनाको मृत्यु भएको थियो भने शनिबार थप तीन जनाको मृत्यु भएको छ ।

अहिलेसम्म चिसोका कारण स्पेनमा सबैभन्दा धेरै छ जनाको मृत्यु भएको बताइएको छ ।

त्यसैगरी चिसोका कारण जनजीवन प्रभावित बनेको आएरल्याण्ड, जर्मनी, इटाली, नर्वे, बेलायत, हङ्गेरी र सर्वियामा सार्वजनिक रूपमा सूचना जारी गरी सम्बन्धित मुलुकका प्रशासनले चिसोबाट बच्न सावधानी अपनाउन निर्देशन दिएका छन् ।

कतिपय देशहरूमा चिसो अझै बढ्ने क्रममा रहेको जानकारी बेलायती सरकारी सुरक्षा केन्द्रले बताएको छ । यद्यपि बेलायतका केही भागमा भने उल्लेख्य मात्रामा चिसो घटेको बताउँदै डवलिन र कर्कका विमानस्थल सुचालु भएका केन्द्रले जनाएको छ । रासस

You might also like

Comments are closed.