Nepal's First Video FM

चर्चित अभिनेता दयाहाङ राई र मोडल उषा रजकको ‘सधै सुनौ सुनौ लाग्ने’

449

काठमाडौं । सुगम संगीत छेत्रको सबैका प्रिय गायक जगदीश समालको सुमधुर स्वारमा सजिएको ‘सधै सुनौ सुनौ लाग्ने’ शीर्षकको गजल सार्वजनिक गरिएको छ ।

गजलकार कल्पना भण्डारीले लिपीबद्ध गरेको सो गजलमा नारायण सुवेदी (आभाष)ले संगीतबद्ध गरेका छन् । जगदीश समालको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको गजलले दर्शको मन जित्ने गायक जगदीशको विश्वास रहेको छ । गजल गायनमा विशेष दक्खल भएका जगदीश हाल अमेरिकामा बसोबास गर्दै आएका छन् ।

गजलको भिडियो पनि उत्कृष्ट बनेको छ । पछिल्लो समयका व्यस्त निर्देशक निकेश खड्काको निर्देशनमा तयार भएको भिडियो चर्चित अभिनेता दयाहाङ राई र मोडल उषा रजकको अभिनय रहेको छ । बुद्ध थापाले खिचेको उक्त भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।

You might also like

Comments are closed.