काठमाडौं – लोकदोहोरी गीत ‘पछ्यौरी लिस्यो’ र ‘झ्यालमा पर्दा छ’ एकसाथ करोड क्लबमा प्रवेश गरेको छ। समीक्षा अधिकारी, अर्जुन सापकोटा र रविन लामिछानेको स्वरमा रहेको गीत पछ्यौरी लिस्यो र खेम सेन्चुरी र सुमन थापाको स्वरमा रहेको गीतले करोड भ्युज पाएको हो।
यी दुवै गीतका स्रष्टाहरूले काठमाडौंमा छुट्टाछुट्टै प्रेस भेटघाट गर्दै आफ्नो गीतले पाएको सफलताको खुसी मनाएका छन्। पछ्यौरी लिस्यो‘का कलाकारहरूले बिहीबार नै काठमाडौंमा एक समारोहकाबीच केक काटेर सञ्चारकर्मीसँग खुसी साटेका छन्।
यस्तै, अर्को गीत झ्यालमा पर्दा छ‘ले एक करोड भ्युज पाएको अवसरमा बिहीबार राजधानीमा एक समारोहबीच केक काटेर नै खुसी मनाएको एक कलाकारले बताए । गीतका गायक खेम सेन्चुरीले आफ्नो गीतले तीन महिनाको अन्तरालमा युट्युवमा १ करोड भ्युज पाउन सफल भएकोमा सम्पूर्ण श्रोता तथा दर्शकलाई धन्यवाद दिए।
उक्त गीतमा अन्जली अधिकारी, ध्रुव हिमाली, रुविना अधिकारी, नरेश खाती क्षत्रीसहित अन्य कलाकारको बेजोड नृत्य देख्न सकिन्छ।
Comments are closed.