काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहले बिहीबार बुटवलमा गरेको जनसभाप्रति कटाक्ष गरेका छन् । राजधानीमा शुक्रबार आयोजित महानगर कमिटीको भेलामा ओलीले २९ गते बुटवलमा बृहत् आमसभा गरेर देखाइदिने बताए ।
२३ गते राजधानीमा हुने जनसभामा काठमाडौं जाग्नुपर्ने बताए । ओलीले निर्वाचन पर सार्ने हल्ला चलाएको भन्दै निर्वाचन एक दिन पनि पर नसर्ने जिकिर गरे । ओलीले प्रचण्डले बाँकी जीवन देशका लागि भनेको सुनेको बताउँदै प्रश्न गरे, “छोरी बुहारीलाई बन्दोबस्त भइसके छ होइन ? राम्रै बन्दोबस्त भइसकेछ ज्वाइँसापको । नातिनातिनीको पनि भइसकेछ क्यारे ?
उनले प्रचण्ड-नेपाल समूह चुनावबाट भागेको आरोप पनि लगाए । प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल अदालतमा गएर संसद पुन:स्थापना गर्न दबाब दिइरहेको बताउँदै भने, डेढ वर्षपछि त चुनावमा जानै पर्छ होला के गर्छौं बाबु हो ? बचेर कहाँ जाने ? जनतामाझ त जानै पर्ला ?” स्रोत बाह्रखरी
Comments are closed.