जनताले चुनेका जनपर्तिनिधीहरु कुनै कति मनकारी छन् आफुले पाएको सेवा सुबिधा पनि जनतामै समर्पित गर्छन, यस्तै गरप्रमुख उपप्रमुखहरूले महंगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफू चढ्न किनेको गाडी प्रहरीलाई दिएका छन्।
मेयर पोखरेलले आफू चढ्न किनेको बलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक उदयशमशेर जबरालाई हस्तान्तरण गरेका हुन्।
नगर प्रमुख पाखेररेलले आफूले चढ्नुभन्दा प्रहरीलाई दिँदा जनताको जिउधनको सुरक्षा बढी हुने भएकोले आफूले चढ्ने गाडी प्रहरीलाई दिएको बताए। मेयर पोखरेलले यसअघि गाडी किन्न छुट्टाइएको ५० लाख रुपैयाँ रकमसमेत प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए।
इलाका प्रहरी कार्यालय सुरुङ्गासँग सर्वसाधारण नागरिकलाई सुरक्षा दिन प्रयोग हुने गाडी पुरानो भएका कारण प्रहरीलाई दिइएको उनले सेतोपाटीलाई बताए।कनकाई नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधि आएपछि हालसम्म पनि कुनै गाडी खरिद गरेको छैन। स्रोत सेतो पाटि
Comments are closed.