Nepal's First Video FM

आहा रारागोल्डकप फुटबलको १९ औं संस्करण आउँदो चैत १७ गतेबाट हुने

25

पोखरा – आहा रारागोल्डकप फुटबलको १९ औं संस्करण आउँदो चैत १७ गतेबाट पोखरामा हुने भएको छ । आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरि चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता गर्ने जानकारी दिएको हो ।

उक्त प्रतियोगितामा विदेशी क्लबसहित ए डिभिजन र मोफसलका टिमसहित १२ टिमले प्रतिस्पर्धा गर्ने तय भएको क्लबका क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको टिकट शुल्क र पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन । टिकट शुल्क हेरेर पुरस्कार राशी राखिने अध्यक्ष थापाको भनाइ छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.