काठमाडौं – भरतपुर महानगरपालिकाकि नगर प्रमुख रेणु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएकी छन्। दाहालले आफ्नो कार्यकालमा भइरहेको विकास निर्माणमा सत्ता र शक्तिको दुरुपयोग गरी जबर्जस्ती शिलान्यास गर्न लागिएको भन्दै चेतावनी दिएकी हुन्।
महानगरपालिका प्रमुख रेणु दाहालले आफूले निकै मिहेनत गरी भरतपुरमा विकासको कामलाई निकै अगाडि बढाएको बताएकी छिन्।
आयोजना ल्याउने काम आफूहरूले गरेको तर शिलान्यास गर्न अर्को पक्ष आउन लागेको भन्दै आपत्ती जनाइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् । उनले भरतपुरमा आज दुई ठूला आयोजनाहरूको शिलान्यास गर्न लागेका हुन् ।आज प्रधानमन्त्री ओलीले भरतपुरमा सिटी हल निर्माण र महेन्द्र राजमार्गको पुलचोक गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने योजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।
Comments are closed.