Nepal's First Video FM

बलिउडका अभिनेता अक्षय कुमारले फेरि बढाए पारिश्रमिक ! पुरा जानकारी सहित

553

एजेन्सी – बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् अक्षय कुमार । सन् २०१९ मा अक्षय कुमारको फिल्मले बक्स अफिसमा ७०० करोडको व्यापार गरेको समाचारमा उल्लेख छ ।

उक्त फिल्मपछि अक्षय कुमारले सबैभन्दा बढी पारिश्रमिक लिन सुरु गरेका हुन् । उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । उनको नाम फोब्र्सको २०२० को सूचीमा समेत समाबेश भएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार अक्षयले फेरि पारिश्रमिक बढाएका छन् । पहिले अक्षय १२० करोड लिने गर्थे । तर उनले फेरि बढाएर १३५ करोड बनाएका छन् । फिल्मका निर्देशकका अनुसार अक्षयलाई दर्शकको अत्यधिक समर्थन र माया मिल्ने गर्छ ।

You might also like

Comments are closed.