फाल्गुन २१ ,मानव तस्करीको अभियोगमा पक्राउ गरेका कलाकार राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको आदेशमा खड्गीलाई कारागार चलान गरिएको हो । खड्गीलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।
न्यायाधीश तेजनारायण पौडेलको इजलासले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जेल चलान गर्ने आदेश दिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले खड्गीलाई माघ २५ गते काठमाडौंको ठमेलबाट पक्रेको थियो। कलाकार खड्गीले ११ जनालाई दक्षिण कोरिया लगेको अनुसन्धानमा खुलेको हो। खड्गीले एक जनाबाट १० देखि १५ लाख रुपैयाँ लिएको देखिएको हो ।
Comments are closed.