Nepal's First Video FM

प्रधानमन्त्री केपी ओलीको बिशाल आमसभा २३ गते नारायणहिटी दरबार अगाडि हुने !

517

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समुहको विरोधसभाको आमसभाको स्वरुप भनेको कस्तो हुन्छ भनेर हामी देकेखौछौ भनेको सभा काठमाडौंमा नारायणहिटी दरबार अगाडि हुने भएको छ ।

प्रचण्ड-नेपाल समुहले विरोधसभाको आयोजना गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीले भन्नु भएको थियाे, ‘सानो सडक कुनामा ६-७ हजार मान्छे भेला गरेर हौसिएछन्, आमसभा भनेको कस्तो हुन्छ २३ गते हेर्नु।’

आइतबार नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि २३ गते भव्य आमसभा गर्ने निर्णय भएको (नेकपा) ओली समुहका एक नेताले जानकारी दिनुभयो । ओली समुहको यो आमसभामा बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहहरुको सहभागीता हुने उसको दावी छ ।

त्यस्तै प्रचण्ड नेपाल समुहका नेता सुरेन्द्र पाण्डेले एक कार्यक्रममा बाेल्दै ओली राजवादीहरुको भीड बसेको आारोप लगाउदै लगाउनु भएकाे छ । उहाँले ओलीले २३ गते नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने हल्ला आएको समेत बताउनु भयो ।

You might also like

Comments are closed.