Nepal's First Video FM

सर्वोच्च अदालतका सबै मुद्दाको इजलाश स्थगित

619

फागुन २१, सर्वोच्च अदालतले सोमबारका लागि तोकिएका सबै मुद्दाको इजलाश स्थगित गरेको छ । सर्वोच्चका पूर्व न्यायाधीश रामनगिना सिंहको आइतबार भएको निधनले शोकमा इजलाश स्थगित गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

उनी २०५८ देखि ०६३ सम्म सर्वोच्चमा न्यायाधीश थिए । सोमबार राष्ट्रियसभाका तीन सदस्य र कान्तिपुर राष्ट्रिय दैनिक विरुद्धको मुद्दा सुनुवाइका लागि इजलाश तोकिएको थियो । सोमबारका लागि तोकिएको इजलाश भोलि बस्ने बताइएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.