Nepal's First Video FM

ओली समुहमाथि प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताद्वारा ढुंगामुढा प्रहार : ५ जना घाइते

625

नुवाकोट। नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समुहले नुवाकोटको बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री तथा साे पक्षका सचिवालय सदस्य ईश्वर पोखरेललगायतका नेताहरूलाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका छन्।

नुवाकोटको बट्टार क्याम्पस अगाडि ओलीले गरेको असंवैधानिक कदमको विरोध गर्न भेला भएका प्रचण्ड–माधव समुहका कार्यकर्ताले पोखरेललगायतलाई कालोझण्डा देखाएका जनाइएको छ। प्रचण्ड– माधव पक्षका निकट राष्ट्रिय युवासङ्घका सुरेश अधिकारीका अनुसार त्यही क्रममा प्रहरी हस्तक्षेप हुँदा प्रचण्ड नेपाल पक्षका विनोद कोइराला, प्रदीप भट्ट, दिपेश चित्रकारलगायत ५ जना सामान्य घाइते भएका हुन।

साथै प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्दा २ वटा सरकारी गाडीमा क्षति समेत भएको जनाइएको छ।

You might also like

Comments are closed.