काठमाडाैं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतीजा प्रकाशित गरेको छ। नतिजा भर्खरै प्रकाशित भैसककेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए।
उनले नतिजा अपलोड भइरहेको समेत बताए। ‘एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ,’उनले भने,‘अरु कुन माध्यमबाट हेर्ने भनेर हाम्रो वेवसाइटमा अपलोड गरिरहेका छौँ। त्यहाँ हेरेर पनि नतिजा हेर्न सकिने छ।’
बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो। थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ।
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो। परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए।
Comments are closed.