Nepal's First Video FM

सुन किन्दै हुनुहुन्छ , तोलाको कति छ हेर्नुहोस् !

470

काठमाडौँ , नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

सुन आज प्रतितोला ९२ हजार ६०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैंयाँ रहेको छ ।

यता चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ८० रुपैयाँले बढेको थियो । गत साता नेपाली बजारमा सुनको मूल्य घटबढ रहिरह्यो । सुन आइतबार ३ सयले घटेको थियो ।

सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो । सुन विहिबार प्रतितोला १ सयले घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो ।

You might also like

Comments are closed.