Nepal's First Video FM

प्रचण्ड र माधवकुमार नेपाल निर्वाचान आयोग पुगे, अब के होला ?

645

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचान आयोग पुगेका छन्।
पार्टी र चुनाव चिह्न सूर्यको अधिकारिकता दाबी गर्न उनीहरु आयोग पुगेका हुन्।

अध्यक्षद्वय संगै वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरू बिहान पौने १० बजेतिर आयोग पुगेका हुन् । ४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ।

उक्त पार्टीको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको अधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो। यसअघि ओली र प्रचण्ड–नेपाल पक्षले फरक–फरक निर्णय अद्यावधिक गर्न निर्वाचन आयोगमा चिठी पठाएका थिए । तर आयोगले ती निर्णय अद्यावधिक गरेको थिएन।

You might also like

Comments are closed.