Nepal's First Video FM

मतदान जारी: कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंहबीच कडा प्रतिस्पर्धा !

595

फागुन २१, नेपाली काँग्रेस संसदीय दलको नेता छान्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले मतदान जारी छ । मतदान सोमबार बिहान १० बजेदेखि शुरु भएको हो ।

उक्त निर्वाचनमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच प्रतिस्पर्धा रहेको छ । देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार छन् भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका छन् ।

त्यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव रहेकी छन् भने समर्थकमा सञ्जय गौतम रहेका छन् । नेपाली काँग्रेसको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिक तर्फबाट ४० जना सदस्य छन् ।

मतदान दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने निर्वाचन समिति संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए । रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.