Nepal's First Video FM

म प्रधानमन्त्री बन्न एमालेको पनि लगानी छ, नीति तथा कार्यक्रमलाई सकारात्मक मान्दा फरक पर्दैन

37

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू प्रधानमन्त्री हुन एमालेको पनि लगानी रहेकोले नीति तथा कार्यक्रमलाई सकारात्मक रूपमा लिन आग्रह गरे ।

आफू सरकारमा आएपछि दुईवटा गठबन्धन सरकार बनेको बताउँदै पहिलो गठबन्धन सरकार हुँदा न्यूनतम साझा कार्यक्रम ल्याएको बताए । त्यतिबेला हाल प्रमुख प्रतिपक्षी दलका नेता रहेका केपी शर्मा ओलीले सो न्यूनतम साझा कार्यक्रमलाई ‘हिस्टोरिकल एण्ड एक्सेलेन्ट डकुमेन्ट’ भनेको प्रधानमन्त्रीले स्मरण गरे । दोस्रो गठबन्धनको सरकार बनाउँदा पहिलो न्यूनतम साझा कार्यक्रमका राम्रा कुरा समेटेर बनाएको बताउँदै उनले अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ती कुरा समेटिएकोले परम्परागत नीति तथा कार्यक्रम नभएको उल्लेख गरे ।

You might also like

Comments are closed.