माघ १२, कपिलवस्तुमा बाल्टिनमा डुबेर एक बालिकाको ज्यान गएको छ। वुद्धभूमि नगरपालिका–६, मौवामा कटौरया निवासी अब्दुल अजिजकी दुई वर्षीया छोरी इकार मोनीहरको आफ्नै घरमा खेल्नेक्रममा धारा नजिक पानी भरेर राखेको बाल्टीनमा डुबेर मृत्यु भएको हो।
बुद्धभूमि नगरपालिका–६, मौवा कटौरया निवासी अब्दुल अजिजकी दुई वर्षीया छोरी इकार मोनीहरको आफ्नै घरमा खेल्नेक्रममा धारा नजिक पानी भरेर राखेको बाल्टीनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए।
पानीका डुबेर गम्भीर घाईते भएकी बालिकालाई जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षण पछि बिहीबारनै परिवारको जिम्मा लगाइएको छ । रासस
Comments are closed.